२३ जेठ २०८३, शनिबार

घिनाटार–टाउनचोक सडक कालोपत्र शुरू

पुस २, २०८१
तनहुँ
घिनाटार–टाउनचोक सडक कालोपत्र शुरू
फाइल तस्वीर

तनहुँको देवघाट गाउँपालिका–५ स्थित घिनटार–टाउनचोक–देवपुर सडक कालोपत्र शुरू भएको छ । लामो समयदेखि रोकिएको कालोपत्रको काम गत शनिबारदेखि पुनः शुरू भएको हो । 

निर्माण सम्पन्न गर्ने अवधि सकिएको लामो समयपछि कालोपत्र शुरू गरिएको देवघाट गाउँपालिकाका इञ्जिनीयर तीर्थ ढुङ्गानाले जानकारी दिए । काम छाडेर निर्माण व्यवसायी सम्पर्कमा नआएपछि गाउँपालिकाले समयमै सम्पन्न गर्न ताकेता गरेको थियो ।

उक्त सडक स्तरोन्नति तथा कालोपत्र गर्न जीएमआर कन्स्ट्रक्सन प्रालि चितवनले विक्रम संवत् २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो ।

प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा उक्त योजनाका लागि बजेट विनियोजन भएको थियो ।

एक हजार पाँच सय सय मिटर लम्बाइ र नालीसहित ११ मिटर चौडाइको उक्त सडक विक्रम संवत् २०८० पुस २१ गते सम्म सम्पन्न गर्ने गरी भ्याटसहित रु तीन  करोड ७१ लाख ११ हजार दुई सय २५ मा ठेक्का लागेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्