
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २: द रुल’ले बक्स अफिसमा धमाका मच्चाएको छ ।
रिलिजको दोस्रो साताको अन्त्यमा फिल्मले विश्वभर १४ सय करोडभन्दा बढीको कमाइ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
केही समयअघि अल्लु अर्जुनलाई गिरफ्तार गरिएपछि फिल्मको कमाइमा नकारात्मक असर पार्ने ठानिएको थियो । तर, तथ्यांक भने उल्टो आएको छ ।
डिसेम्बर १३ मा सन्ध्या थिएटर बाहिर भएको भागदौडमा एक महिलाको मृत्यु भएको अभियोगमा अल्लु अर्जुन पक्राउ परेका थिए । तर, केही समयपछि उनी रिहा भए ।
यो घटनापछि फिल्मको कमाइ घट्ने अनुमान गरिएको थियो तर पछिल्लो तथ्यांक भने उल्टो छ । यसले फिल्मको कमाइमा कुनै असर गरेन, बरु झनै बलियो भएको समाचारमा उल्लेख छ ।