
सोमबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) आज झिनो अंकले बढेको छ ।
अघिल्लो दिन सोमबार मात्रै ५१ अंकले घटेको नेप्से मंगलबार २.९५ अंकले बढेर २६३३.८७ को विन्दुमा बन्द भएको हो ।
आज बजारमा ८९ लाख ३९ हजार ३४८ कित्ता शेयरको खरिद बिक्री हुँदा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन सोमबार नेप्से परिसूचक ५१.३७ अङ्कले घटेर २६३०.९१ को विन्दुमा बन्द भएको थियो ।
यस दिन १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार रुपैयाँको कारोबार भएको थियो ।
आज कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले घटेको छ । सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै कारोबारका आधारमा जानकी फाइनान्स कम्पनी २२ करोड २४ लाख ३ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।