०३ असार २०८३, बुधबार

एनपीएलका विजेताले एक करोड १० लाख पाउने, उपविजेताले कति?

पुस २, २०८१
काठमाडौं
एनपीएलका विजेताले एक करोड १० लाख पाउने, उपविजेताले कति?

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका विजेताले नगद एक करोड १० लाख रूपैयाँ पाउने भएका छन् । 

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार पुरस्कार राशि सार्वजिनक गर्दै विजेतलाई एक करोड १० लाख नगद दिने घोषणा गरेको हो । 

क्यानका अनुसार उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रूपैयाँ पाउनेछन् । 

null

जारी एनपीएलमा समूह चरणका खेल सकिसकेका छन् । जस अनुसार समूह चरणबाट सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सले प्लेअफमा स्थान पक्का गरेका छन् ।

बुधबार हुने एलिमिनेटरमा चितवन र कर्णाली भिड्नेछन् भने पहिलो क्वालिफयरमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन्। पहिलो क्वालिकायर विजेता टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता टोलीसँग भिड्नेछ।

 

salt training

कमेन्ट गर्नुहोस्