२८ असार २०८३, आइतबार

शेरधन राईमाथि बम प्रहार- राई जोगिए, अंग रक्षक घाइते

कात्तिक २८, २०७४
शेरधन राईमाथि बम प्रहार- राई जोगिए, अंग रक्षक घाइते

काठमाडौं, २८ कात्तिक - पूर्वसञ्चारमन्त्री तथा एमाले नेता शेरधन राईमाथि भोजपुरमा बम प्रहार भएको छ । राईलाई लक्षित गरेर बम प्रहार गरिएको थियो । बम प्रहारबाट राई जोगिएका छन् । तर उनका अंग रक्षक चाहिँ घाइते भएको प्रहरीले जनाएको छ ।

गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा पिखुवा खोला नजिकै गुम्बामाथि राई सहित बाम गठबन्धनका नेता कार्यकर्ता चढेको गाडिमा बम हानिएको थियो । बम प्रहारबाट राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटा घाइते भएका छन् । उनको हातमा चोट लागेको छ । अरु नेता कार्यकर्ताहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।

बम प्रहारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कसले बम प्रहार गर्यो भन्ने बारेमा अहिलेसम्म केही पनि नखुलेको प्रहरीले जनाएको छ । प्रहरीले आक्रमणकारीको खोजी भइरहेको समेत जानकारी दिएको छ । राई भोजपुरमा प्रदेशसभा तर्फका उम्मेदवार हुन् ।

salt training

कमेन्ट गर्नुहोस्