२५ जेठ २०८३, सोमबार

भोजपुर घटनालाई लिएर ओलीको विज्ञप्ति, सरकारको उदासिनताप्रति आश्चर्य

कात्तिक २८, २०७४
भोजपुर घटनालाई लिएर ओलीको विज्ञप्ति, सरकारको उदासिनताप्रति आश्चर्य

काठमाडौं २८ कात्तिक– नेकपा एमालेले पार्टीका प्रदेश नं १ का सहसंयोजक एवं भोजपुर १ का प्रदेश सभा सदस्य उम्मेदवार पूर्वमन्त्री शेरधन राईमाथि आज बिहान भएको साङ्घातिक आक्रमण प्रति आपत्ति जनाएको छ । एमाले अध्यक्ष केपी ओलीले मंगलवार एक विज्ञप्ति प्रकाशिचगरी राइमाथिको आक्रमणको घटनालाई पार्टीले गम्भीरतापूवर्क लिएको बताएका हुन् । 


‘निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवार माथिको यो आक्रमणलाई हामीले सिंगो एमाले पंक्तिमाथिको आक्रमणको रुपमा लिएका छौं’ ओलीले विज्ञप्तिमा भनेका छन, ‘यस घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भा“ड्ने र मुलुकमा भा“डभैलो मच्चाइरहने स्पष्ट हुन्छ ।’


एमालेले सरकारलाई निर्वाचनका उम्मेदवारहरूलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता साङ्घातिक आक्रमणहरू नियन्त्रण गर्न सचेत गराएको छ ।

‘पार्टीको मागका बाबजुद संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवार वरिपरि भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका बामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्काे आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासिनताले हाम्रो पार्टीलाई आश्चर्य चकित बनाएको छ’ एमालेको विज्ञप्तिमा भनिएको छ, ‘हामी यस्ता खालका घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारस“ग माग गर्दछौं । घटनामा संलग्न दोषीमाथि कडा कारवाही गर्न आग्रह गर्दछौं ।’


यसअघि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलवार एमाले उम्मेदवार राईमाथि आक्रमण गरेका थिए । यसअघि माओवादीका उम्मेदवार जनादर्शन शर्मा र बर्षमान पुनमाथि पनि यस्तै आक्रमण प्रयास भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्