१२ असार २०८३, शुक्रबार

'दुई कम्युनिष्ट मिले अब के होला ?' भन्ने देउवाको प्रश्नमा यस्तो थियो चित्रबहादुरको जवाफ

कात्तिक २८, २०७४
'दुई कम्युनिष्ट मिले अब के होला ?' भन्ने देउवाको प्रश्नमा यस्तो थियो चित्रबहादुरको जवाफ

कपिलवस्तु, २८ कात्तिक -पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सहितका वामपन्थी दल मिल्दा सबैभन्दा ठूलो भुइँचालो नेपाली काँग्रेसमा आएको टिप्पणी गर्नुभएको छ । 

चन्द्रौटामा सोमबार पार्टीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले काँग्रेसले भ्रमको खेती गरेको आरोप पनि लगाउनुभयो । 

राणा शासन र राजतन्त्र फालेर गणतन्त्र ल्याएका नेपाली जनताले कम्युनिस्टले ल्याउने अधिनायकवाद पनि सहन नसक्ने भन्दै काँग्रेसलाई अनावश्यक चिन्ता नगर्न आग्रह गर्नुभयो । 

सरकारको स्वाद चाख्न बानी परेको दलमा वामपन्थीले बहुमत ल्यायो भने सरकारमा जान पाइन्न भनेर हल्लीखल्ली मच्चिएको टिप्पणी गर्दै उहाँले प्रधानमन्त्रीसँग भएको एक भेटको स्मरण गराउनुभयो । 

केसीले आफूलाई एक दिन प्रधानमन्त्री देउवाले भेटेर देशमा दुई ठूला पार्टी मिले अब के होला ? भनेर प्रश्न गर्नुभएको पनि उल्लेख गर्नुभयो । 

आफूले त्यस भेटमा ‘वामपन्थी मिले, ठीक भयो, तर देशमा कम्युनिस्ट शासन आउँछ भन्ने चिन्ता नगर्नू’ भनेर जवाफ फर्काएको उहाँले बताउनुभयो । 

संघीयताका कट्टर विरोधी अध्यक्ष केसीले संघीयताले मुलुकलाई निकास नदिने पनि दोहो¥याउनु भयो । रासस

salt training

कमेन्ट गर्नुहोस्