११ असार २०८३, बिहीबार

धन कमाउनका लागि यी उपाय अपनाउनुस्

कात्तिक २०, २०७४
धन कमाउनका लागि यी उपाय अपनाउनुस्
काठमाडौं/ जति मेहनत गरेपनि धन कमाउन नसकेर हैरान हुनुहुन्छ भने यो समाचार तपाईंको लागि हो । भगवती लक्ष्मीको कृपा र घरमा भरपूर धन आओस् भन्ने तपाईंको इच्छा हो भने तल लेखिएका सरल उपाय अपनाएर धन भित्र्याउनुस् ।


प्रत्येक दिन एक मुट्ठी मात्र भएपनि अन्नदान गर्दा घरमा धनको कमी आउँदैन ।

घरमा अशोकको रुख रोपेर दिनदिनै पानीले सिँच्ने हो भने पनि धनको समस्या समाधान हुन्छ ।

घरमा भएका पुराना पत्रिकाहरू प्रत्येक शनिवार बाहिर निकाल्नुस् ।

घरमा घडी बन्द भएको छ र पूरै बिग्रेको हो भने तत्कालै हटाउनुस् । बन्द घडीले धन रोक्छ ।

कुनै काम गराउनुछ भने घरबाट खाली पेट ननिस्कनुस् । खाली पेट निस्कँदा काम बन्दैन र धन पनि कमिँदैन ।

पुराना र फाटेका जुत्ता चप्पल घरमा छन् भने तिनले पनि धन रोकिदिन्छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्