२८ जेठ २०८३, बिहीबार

झापाको अर्जुनधारा र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध स्थापना

पुस ५, २०८१
झापा
झापाको अर्जुनधारा र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध स्थापना

अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार नगरपालिकामा आयोजित कार्यक्रममा अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन र जापानको टोनो सिटीका मेयर काजुहिको ताडाले दुवै भगिनी सम्बन्ध स्थापित गरेर अगाडि बढ्ने प्रतिबद्धतासहित समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

कृषि र स्वास्थ्य क्षेत्र साथै विभिन्न क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको नगरप्रमुख गोम्देनले बताए । मैत्रीपूर्ण निमन्त्रणामा जापानको तोनो सिटीका मेयर ताडासहितको ११ जनाको टोली दुईदिने भ्रमणका लागि अर्जुनधारा नगरपालिका आएको उनले बताए । 

मेयर ताडासहितको टोलीले अर्जुनधारमा स्थापना भएको विपद् केन्द्र र कृषि बजारको स्थलगत अवलोकन पनि गरेको छ । उनीहरूलाई नगर परिसरमा नौमती बाजासहित स्वागत गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्