२७ जेठ २०८३, बुधबार

कतारको दोहामा  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दोहा बैंक बीच विप्रे्रषण सम्झौता सम्पन्न

कात्तिक २८, २०७४
कतारको दोहामा  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दोहा बैंक बीच विप्रे्रषण सम्झौता सम्पन्न

समृद्ध ,समुन्नत नेपालको सारथिको रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कतारको दोहा बैंक बीच विप्रे्रषण सम्बन्धी सम्झौता भएको छ । कतारको राजधानी दोहामा एक भव्य कार्यक्रम बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । कतारका लागी नेपालका राजदूत महामहिम श्री रमेश कोइरालाको समुपस्थितिमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री राजन सिंह भण्डारी र दोहा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ ।

यस सम्झौता बमोजिम अब कतार, दुबई, कुवेत, भारत, जापान, सिंगापुर, दक्षिण अफ्रीका, दक्षिण कोरिया, अस्ट्रेलिया, टर्की, बेलायत, क्यानाडा, बंगलादेश, लगायतका राष्ट्रहरुबाट दोहा बैंकको विप्रे्रषण प्रणाली ( डी फास्ट) मार्फत नेपालमा पठाएको विप्रे्रषण रकम सरल र सहज रूपमा  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नेपाल भर रहेको ६६ वटा शाखाहरु र ४००० भन्दा बढी सहायक प्रतिनिधिहरु रहेको सञ्जालबाट सरल र सहज रूपमा भुक्तानी पाउन सकिने छ ।

कार्यक्रममा कतारका लागी नेपालका राजदूत महामहिम श्री रमेश कोइरालाले यो सम्झौता  हुण्डी कारोबारलाई निरुत्शाहित गर्न  कोशेढुंगाको रूपमा साबित हुने कुरा व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै दोहा  बैंकका  प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले यो सम्झौता गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो र आगामी दिनहरुमा पनि परस्पर हितका लागी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड सँग मिलेर थप काम गर्न इक्छूक रहेको कुरा जानकारी गराउनु भयो । उक्त सम्झौता समारोहमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री राजन सिंह भण्डारीले यो सम्झौता कार्यान्वयनपछि नेपालको विप्रे्रषण व्यवसायलाई अझ व्यवस्थित बनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उँहांले कतार स्थित दूतावासले सम्झौता गर्न पुर्याएको सहयोगको मुक्तकंठले प्रशंसा गर्नुभयो । उक्त समारोहमा बैंकको प्रमुख संचालन अधिकृत श्री पारस कुमार काफ्ले र संचालन इनर्चाज श्री पारस बिक्म थापाको पनि उपस्थिति रहेको थियो । 

हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो उच्च व्यवसायिकता तथा दक्षताका साथ देशमा विस्तृत रुपमा फैलिएको आफ्नो आन्तरिक सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको छ । देशैभरी फैलिएका यस बैंकको ६६ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको तथा सिटिजन्स रेमिटले देशको कुना काप्चाबाट समेत जनताको सेवा पुर्याउदै आएको कुरा पनि बैंकका प्रमुख कार्यकारी अधिकृत श्री राजन सिंह भण्डारीले जानकारी गराउनु भयो । 

 
 

salt training

कमेन्ट गर्नुहोस्