०२ साउन २०८३, शनिबार

१५औं महाधिवेशनबाट सभापति बन्ने शुभकामनासहित शेखर कोइरालालाई १५ किलोको माला

पुस ५, २०८१
धनगढी
१५औं महाधिवेशनबाट सभापति बन्ने शुभकामनासहित शेखर कोइरालालाई १५ किलोको माला

सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ ।

नेता कोइरालालाई आगामी १५ औ| महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरूप १५ किलोको माला  लगाइएको हो । नेता कोइरालालाई धनगढी विमानस्थलमा बजागाजासहित भव्य स्वागत गरिएको थियो । 

नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई धनगढी विमानस्थलमा डडेल्धुराका नेता युवराज पाण्डेसहितका डडेल्धुरा कांग्रेसको तर्फबाट १५ किलोको माला लगाएको हो ।

१५ औं महाधिवेशनका लागि शुभकामना दिँदै नेता कार्यकर्ताले नेता कोइरालाको पक्षमा नारा समेत लगाइएको थियो । 

null

स्वागतका लागि धनगढी विमानस्थलमा भेला भएका पार्टी कार्यकर्ताले 'भावी सभापति शेखर कोइराला- जिन्दाबाद,  सुदूरपश्चिमले के भन्छ- १५ औं महाधिवेशनमा शेखर कोइराला ले भन्छ' लगायतका नारा लगाएका थिए ।

साथै, स्वागतका लागि थारू संस्कृति झल्कने पहिरन सहित नृत्य गरिएको थियो । स्वागत गर्ने क्रममा सुदूरपश्चिमको हुड्केली नाच पनि प्रदर्शन गरिएको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्