३२ असार २०८३, बिहीबार
काठमाडौं टावरको नक्सा पास विवाद

​प्रक्रिया पूरा नगरी नक्सा पास गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्न महानगरको सिफारिश

पुस ५, २०८१
काठमाडौं
​प्रक्रिया पूरा नगरी नक्सा पास गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्न महानगरको सिफारिश

​​प्रक्रिया प्रक्रिया पूरा नगरी नक्सा पास गरेको भन्दै काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्न सिफारिश गरेको छ ।

गुरागाईंलाई कारबाहीका लागि सिफारिश गर्ने निर्णय भएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । 

सहसचिव गुरागाईंले प्रक्रिया पूरा नगरी पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको नक्सा पास गरेको महानगरले जनाएको छ ।

काठमाडौं महानगरका मेयर बालेन साहले प्रक्रिया पूरा नगरी नक्सा पास गर्ने कार्यकारी अधिकृतविरुद्ध एक्सन लिएका हुन् ।

टावर निर्माणको जिम्मा जलेश्वर स्वच्छन्द बिकोइले पाएको छ । टावर निर्माणको काम शुरू भएको एक दशकसम्म पनि पूरा हुन सकेको छैन ।

२०८० फागुन १२ गतेदेखि प्राविधिक कारणले रोकिएको विद्युतीय प्रणालीलाई छलेर नक्सा पास गरेको महानगरले जनाएको छ । 

‘भवन निर्माणको नक्सा पास कागजातको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी स्वीकृत गरेको देखिन्छ,’ महानगरले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा थप छानबिन गरी, नियमविपरीत कार्य गर्ने जो कोहीलाई कानून बमोजिम कारबाही प्रक्रियाका लागि सम्बन्धित निकायमा सिफारिश गरिन्छ ।’​​

गुरागाईंले असोज ७ गतेदेखि महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । महानगरमा आउनु अघि उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत थिए । महानगरमा आएको ३ महिनामै उनी प्रक्रिया पूरा नगरी नक्सा पास गरेको विवादमा फसेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्