
काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई दुई लाख जरिवाना तिराएको छ ।
कामपाको कृषि तथा पशुपंक्षी विभागका निरीक्षक डा. अवधेश झाका अनुसार कामपाको ‘कल सेन्टर’मा आएको गुनोसोका आधारमा अनुगमन गर्दा सुकेको नरिवलमा किरा लाग्नुको साथै ढुसीसमेत परेको फेला परेपछि जरिवाना रकम तिराइएको हो ।
अनुगमनको क्रममा खान नमिल्ने अवस्थाका ४४ प्याकेट नरिवल व्यवस्थापककै रोहवरमा नष्ट गरी जरीवाना गराइएको महानगरले जनाएको छ ।
जरिवाना रकम कामपाको राजस्व खातामा जम्मागरी अब उप्रान्त खाद्य सामग्री बिक्री वितरण गर्दा उच्च गुणस्तर र खान योग्य वस्तु निश्चित गरेर मात्र बिक्री गर्न निर्देशन दिइएको महानगरले जनाएको छ ।