२४ जेठ २०८३, आइतबार

बाजुरा भूकम्प : एउटा घर भत्कियो, केही चर्किए [अपडेट]

पुस ६, २०८१
बाजुरा
बाजुरा भूकम्प : एउटा घर भत्कियो, केही चर्किए [अपडेट]

बाजुरामा आज बिहान गएको भूकम्पले सामान्य भौतिक क्षति गरेको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर गएको ५ दशमलव २ म्याग्निच्युडको भूकम्पले मानवीय क्षति नभए पनि स्थानीयहरूका केही घर चर्किएको निमित्त प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले जानकारी दिए ।

उनले क्षतिको विवरण संकलन गर्ने काम भैरहेको बताए । 

भूकम्पका कारण बूढीनन्दा नगरपालिका–४ मा एक घर भत्किएको मण्डलले बताए। तीन बालबालिका बसेको घर भत्किएको र उनीहरूलाई सकुशल उद्धार गरिएको उनको भनाइ छ ।
 
जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र प्रहरीसँग समन्वय गरी क्षतिको विवरण सङ्कलन कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । 

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । 

भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केर होहल्ला मच्चिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्