
नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले १० ओभरको खेल सकिँदा बिनाकुनै विकेटको क्षतिमा ९७ रन बनाएको छ ।
सुदूरपश्चिमका ओपनर ब्याट्सम्यान सेइफ अलि जेइबले अर्धशतक बनाएका छन् ।
१० औं ओभरको खेलमा उनले आफ्नो अर्धशतक पूरा गरेका हुन् । उनले ३३ बलमा ५० रन पूरा गरे ।
१० ओभरको खेल सकिँदा सुदूरपश्चिमले बिनाकुनै विकेटको क्षति विनोद भण्डारीले २४ बलमा ३१ रन र जेइबले ३६ बलमा ५९ रन बनाएर नट आउट खेलिरहेका छन् ।