२५ जेठ २०८३, सोमबार

४२ रन बनाएर आउट भए विनोद भण्डारी

पुस ६, २०८१
काठमाडौं
४२ रन बनाएर आउट भए विनोद भण्डारी

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई दोस्रो झट्का लागेको छ । 

टस जितेर पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिमका विनोद भण्डारी पनि आउट भएका हुन् । 

१३औं ओभरमा ललित राजवंशीले उनलाई क्लिन बोल्ड गरेका हुन् । भण्डारीले ३१ बलमा १ चौका र ३ छक्काको मद्दतले ४२ रन बनाएका हुन् ।

यसअघि १२औं ओभरमा पहिलो झट्का लागेको थियो । जनकपुर बोल्ट्सका किशोर महतोको बलमा बेलायती खेलाडी शेइफ अलि जेइब ६९ रन बनाएर आउट भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्