
राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् ।
साथै, उहाँले प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिँदै आगामी संस्करणहरूमा अझ राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् ।
एनपीएलको शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले उपाधि चुमेको थियो ।
विजेता टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले पनि बधाई दिएका छन् ।