
सम्पत्ति शुद्धीकरणसहित अन्य विभिन्न मुद्दामा प्रतिवादी कायम गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको वैध आय १ करोड ९ लाख ६३ हजार १६९ रुपैयाँ पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले गरेको अनुसन्धानबाट आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/८१ सम्ममा उक्त आय गरेको पाइएको हो ।
जस मध्ये १९ लाख ३१ हजार ५४५ रुपैयाँ कर कट्टा गरेर ९० लाख ३१ हजार ६१६ रुपैयाँ आय रहेको अनुसन्धानबाट खुलेको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा २७ लाख १३ हजार ६९२ रुपैयाँ, आर्थिक वर्ष २०७७/०७८ मा ४४ लाख ३१ हजार ७२६ रुपैयाँ, आर्थिक वर्ष २०७८/०७९ मा २३ लाख ५२ हजार ९४१ रुपैयाँ, आर्थिक वर्ष २०७९/०८० मा १ लाख ६९ हजार ३७१ रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा १२ लाख ९५ हजार ४३० रुपैयाँ आय रहेको पाइएको छ ।