०१ साउन २०८३, शुक्रबार

रुवीभ्यालीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पुस ७, २०८१
काठमाडौं
रुवीभ्यालीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुवीभ्याली गाउँपालिकाको सडक निर्माणमा १० लाखभन्दा बढी अनियमितता भएको भन्दै ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी, इन्जिनियर सुदीप रेग्मी, लेखापाल बाबुलाल नेगी, सहायक इन्जिनियर लालमान तामाङ, वडा नम्बर ४ का तत्कालीन अध्यक्ष प्रशान्त तामाङलाई प्रतिवादी बनाएर आयोगले आइतबार मुद्दा दायर गरेको हो ।

साथै  उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सञ्जीव तामाङ र कोषाध्यक्ष सञ्चामाया तामाङलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आर्थिक वर्ष २०७६/०७७ मा उक्त गाउँपालिकाको वडा नम्बर ४ को बोराङस्थित पागोमादेखि स्कूलसम्मको शाखा सडक निर्माणका लागि सम्झौता गरिएको थियो ।

तर लागत अनुमानअनुसार काम नगरी कम कामलाई बढी देखाएर प्राविधिक प्रतिवेदन तयार गरी भुक्तानी गरिएको पाइएको अभियोगपत्रमा उल्लेख छ ।

१० लाख ८९ हजार ९८९ रुपैयाँ बढी भुक्तानी गरी भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्