
नाइजेरिया प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई भागदौडमा मृत्युको सङ्ख्या ३२ पुगेको जनाएको छ ।
दक्षिणी सहर ओकिजामा शनिबार चामल वितरण गर्ने केन्द्र बाहिर मानिसहरू लाममा उभिएपछि लाइनमा बसेका मानिसहरूको कुल्चाइमा २२ मृत्यु भएको थियो। यसअघि प्रहरीले घटनामा ‘धेरै’ मानिसको मृत्यु भएको चेतावनी दिएको थियो ।
साथै सोही दिन राजधानी अबुजामा ‘असहाय र वृद्धहरू’ लाई खाना वितरण गरिरहेको एक चर्च बाहिर भएको छुट्टै कुल्चाइमा पनि कम्तीमा १० जनाको मृत्यु भएको थियो ।
अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशले नोभेम्बरमा मुद्रास्फीति बढेर ३४.६ प्रतिशत पुगेर एक पुस्ताकै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको बेला खाद्य वितरण केन्द्र बाहिर भागदौड भएको हो ।