
अपडेट : राती अबेरसम्म पनि पाटन औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा आउन सकेन
काठमाडौं, २८ कात्तिक— ललितपुरको पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ।
औद्योगिक क्षेत्रभित्र रहेको प्लास्टिक उद्योगमा आगलागी नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । मंगलबार साँझ ६ बजेतिर सुरु भएको आगलागी यो समाचार तयार पार्दा सम्म नियन्त्रणमा आउन सकेको छैन । 
आगलागी प्रहरी, बारुणयन्त्र, स्थानीयलगायत मिलेर नियन्त्रणको प्रयास भइरहेको छ ।
आगलागीको कारण खुल्न बाँकी रहेको छ । केहि दिनअघिमात्रै त्रिपुरेश्वरस्थित एक मोटरसाइकल वर्कशपमा आगलागी हुँदा एक जनाको मृत्यु भएको थियो ।