३० जेठ २०८३, शनिबार

पासो थाप्ने सिकारी नै बने बाघको सिकार

पुस ८, २०८१
काठमाडौं
पासो थाप्ने सिकारी नै बने बाघको सिकार

 बाघलाई मार्न राखिएको पासोमा उल्टै सिकारी परेर बाघको सिकार बनेको घटना चितवनमा सार्वजनिक भएको छ । गत कात्तिक २ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने तीनचुली मध्यवर्ती सामुदायिक वनको लक्ष्मीडाँडामा सिकारी नै बाघको सिकार भएको घटना आइतबार निकुञ्ज कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।  

निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेशप्रसाद पन्तले बाघको सिकारमा नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर १ का ६० वर्षीय जितबहादुर थिङ परेको  जानकारी दिए । 

उनका अनुसार  थिङले बाघ मार्न पासो थाप्दै गर्दा आफैँ बाघको आक्रमणमा परेका हुन् । “बाघ मार्न थापिएको पासोमा सिकारी परेर बाघको सिकार भएका हुन् । बाघ मार्न गएछन्, उल्टै बाघले मारेछ,” उनले भने ।

“आफूले थापेको पासोमा परेको बाघलाई हेर्न नजिकै पुगेका थिङलाई बाघले पासो नै छिनाएर उम्किँदै आक्रमण गरेर मारेछ । उनीसँगै बाघको सिकार गर्न निकुञ्ज क्षेत्र छिरेका अमृत न्यौपाने भने रुखमा चढेर बाँचेछन् ।  सवारीसाधनमा प्रयोग हुने ब्रेकको तार लिएर वन क्षेत्रमा छिरेका थिङले वन क्षेत्रमै बाघका लागि पासो राखेर मार्ने उद्योग गरेको प्रमुख संरक्षण अधिकृत पन्तले बताए। गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्