२३ जेठ २०८३, शनिबार

खुला सीमा संवाद समूहका अध्यक्ष झालाई 'मिथिला रत्न' सम्मान

पुस ८, २०८१
काठमाडौं
खुला सीमा संवाद समूहका अध्यक्ष झालाई 'मिथिला रत्न' सम्मान

क्लोथ बैंक नेपाल र खुला सीमा संवाद समूहका अध्यक्ष राजीव झालाई 'मिथिला रत्न' सम्मान प्रदान गरिएको छ । झारखण्डस्थित देवघरमा सम्पन्न अन्तर्राष्ट्रिय मिथिला सम्मेलनमा उनलाई सम्मान प्रदान गरिएको हो ।

मिथिलाञ्चलको सामाजिक सेवा र मानवताका क्षेत्रमा पुर्‍याएको योगदानका लागि सम्मान प्रदान गरिएको आयोजक बैद्यनाथ पंडा कीर्तन मण्डलीले जनाएको छ । 

null

सम्मान समारोहमा विद्यापति सेवा संस्थानका अध्यक्ष डा. बैद्यनाथ चौधरीले राजीव झाको अथक प्रयास र समर्पणको प्रशंसा गरे । झाको समाजसेवाले स्थानीय क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याएको उनले बताए। 

सम्मान ग्रहण गर्दै झाले आगामी दिनमा अझ प्रभावकारी रूपमा समाजसेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गरे।

salt training

कमेन्ट गर्नुहोस्