०७ असार २०८३, आइतबार

आयात–निर्यात बढ्यो, कम भएन व्यापार घाटा

पुस ८, २०८१
काठमाडौं
आयात–निर्यात बढ्यो, कम भएन व्यापार घाटा

देशको आयात ३ प्रतिशत र निर्यात १६ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म आयात र निर्यात दुवैमा वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको हो । 

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ५ महिनामा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार रुपैयाँ बराबरको वस्तु भित्रिएको छ । 

गत आर्थिक वर्षको ५ महिनामा ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो, जुन अहिलेभन्दा ३ प्रतिशतले कम हो ।

५ महिनामा नेपालबाट ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको ५ महिनामा नेपालबाट ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । 

देशको व्यापार घाटा भने निरन्तर बढिरहेको देखिन्छ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब १६ अर्ब १५ करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको व्यापार घाटा ५ महिनामा ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार रुपैयाँ पुगेको छ । 

मंसिर महिनासम्मको देशको आयात निर्यात रेसियो ८.९८ प्रतिशत रहेको छ, जुन गत वर्षको कात्तिक महिनासम्म १०.१६ प्रतिशत रहेको थियो ।  
 

salt training

कमेन्ट गर्नुहोस्