
मदिराले मातिएर श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका–११ माझगाउँ बस्ने २६ वर्षीया सागर विक छन् ।
२२ वर्षिया श्रीमती अन्जना विकको हत्या गरेको आरोपमा उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो घरमै बसिरहेका सागरले अन्जनालाई टाउकोमा सिलौटोले प्रहार गरेर हत्या गरेका प्रहरीको दाबी छ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय पण्डितले आपसी झगडा हुँदा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।
सागरलाई प्रहरीले नियन्त्रणमा लिइसकिएको छ ।
शवको पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएको डीएसपी पण्डितले जानकारी दिए ।
घटनाको मुचुल्का उठाउने काम भइरहेको छ ।