![१२ सहसचिवको सरुवा, को-कहाँ पुगे ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Sanghiya_Mamila_Tatha_Samanya_Prashasan_Mantralaya_j9hUd2b5Qq.jpg)
सरकारले १२ जना सहसचिवहरूको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा पस ५ गतेको मन्त्रिपरिषद् बैठकले १२ जना सहसचिवहरूको सरुवा गरेको हो ।
राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा कार्यरत रहेका चक्रबहादुर बुढालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रुद्रप्रसाद अधिकारीलाई मधेश प्रदेशको सचिवमा सरुवा गरिएको छ ।
परराष्ट्र मन्त्रालयका नवराज ढकाललाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वा अन्तर्गत सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अतिरिक्त समूहमा रहेका टंकप्रसाद पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा, संघीय मामिलाको अतिरिक्त समूहमा रहेका रितेशकुमार शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वा अन्तर्गत सरुवा गरिएको छ ।
संघीयकै अतिरिक्त समूहमा रहेका अर्का सहसचिव वीरेन्द्रदेव भारतीलाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् वा अन्तर्गत सरुवा गरिएको छ ।
शिक्षा तथा मानव श्रोत विकास केन्द्रका सहसचिव वसन्तप्रसाद कोइरालालाई सुदूरपश्चिम प्रदेशमा प्रदेश सचिव, भक्तपुर अस्पतालकी सुमित्रा गौतमलाई बागमती प्रदेशमा प्रदेश सचिवको रूपमा सरुवा गरिएको छ ।
लुम्बिनी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका चिरञ्जीवी पौडेललाई उपराष्ट्रपतिको कार्यालयमा, बागमती प्रदेशका प्रदेश सचिव प्रवीण श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका दीपकराज नेपाललाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा र सार्वजनिक खरिद अनुगमनका विष्णुप्रसाद शर्मालाई संघीय मामिलामा काज सरुवा गरिएको छ ।
