
नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी, वर्ल्डलिंकले पोखरामा ‘कार्निभल’को आयोजना गर्ने भएको छ ।
कार्निभलमा विभिन्न प्रकारका फुड स्टलहरू, बालबच्चाहरूको लागि खेलहरू, विभिन्न प्रकारमा रमाइला खेलहरू रहने वर्ल्डलिंकले जनाएको छ ।
यस कार्निभलको मुख्य आकर्षणको रूपमा, ‘द इलिमेन्टस्’ ब्यान्डको प्रस्तुति रहने तथा त्यसका साथै विभिन्न स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति समेत रहने कम्पनीले जनाएको छ ।
चर्चित कार्यक्रम प्रस्तोता ‘सुजिता श्रेष्ठ’ले सञ्चालन गर्ने कार्निभलमा चर्चित डिजे ‘डिजे एमी’को प्रस्तुति रहने छ ।
पोखराको, पामे, चङ्खपुरमा हुन गइरहेको ‘अन्तराष्ट्रिय बलुन फेस्टिभल’ को पाँचौं दिनमा हुन गइरहेको यस कार्निभल, पुस १३ गते २८ डिसेम्बर, शनिबारको दिन बिहान ९ बजेबाट शुरू भइ साँझ ५ बजेसम्म रहने छ ।
यस कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलहरू, ‘पबजी प्रतियोगिता’, तथा विभिन्न स्टलहरू रहने छन् । साथै यसै कार्यक्रममा, ‘बिट द स्पीड’ को प्रतियोगिता समेत हुने वर्ल्डलिंकले जनाएको छ ।
त्यस प्रतियोगितामा, १४५ किमी प्रति घण्टाभन्दा माथिको बलिङ गर्न सफल भएमा एक प्रतियोगीले ‘आइफोन १६’ उपहार पाउन सक्नेछन् ।
यस कार्निभलमा सहभागी हुन चाहनेहरूको सहजताका लागि वर्ल्डलिंकले पोखराको पामेसम्म नि:शुल्क बसको व्यवस्था गरेको छ ।