२८ जेठ २०८३, बिहीबार

निलम्बित प्रहरी इन्स्पेक्टर शाही ५ लाख धरौटीमा रिहा

पुस ८, २०८१
काठमाडौं
निलम्बित प्रहरी इन्स्पेक्टर शाही ५ लाख धरौटीमा रिहा

आपराधिक लाभको मुद्दामा मुछिएकी निलम्बित प्रहरी इन्स्पेक्टर विनु शाही ५ लाख धरौटीमा छुटेकी छिन् ।

ललितपुर जिल्ला अदालतकी न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले उनलाई सोमबार धरौटीमा छाड्न आदेश गरेको अदालतका सूचना अधिकारी रामसजीवन महतोले लोकान्तरलाई जानकारी दिए ।

उनका अअनुसार प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार निवेदन लिएर ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी थिइन् ।

आइतबार बयान नसकिएपछि उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको थुनामा पठाइएको थियो ।

सोमबार बयान सकिएपछि उनलाई धरौटीमा छाडिएको हो ।

इन्द्रकुमार राईको जाहेरीले भीमादेवी थापासहित ६ जनाविरुद्ध आपराधिक लाभको मुद्दा दायर भएको थियो । सोही मुद्दामा शाही फरार थिइन् ।

प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत रहेको बेला उनले एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै हनिट्र्याप समूहसँग मिलेर रकम असुलेको आरोप छ ।​

salt training

कमेन्ट गर्नुहोस्