१२ असार २०८३, शुक्रबार

प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवको निर्देशन

पुस ८, २०८१
काठमाडौं
प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवको निर्देशन

खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालय मातहतका निकायहरूलाई हालसम्मको प्रगति विवरण पेस गर्न निर्देशन दिएका छन् । 

सोमबार मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूह (एसएमटी)को बैठकमा मन्त्री यादवले खानेपानीका क्षेत्रमा हालसम्म भएका कामका प्रगति विवरण पेस गर्न निर्देशन दिएका हुन् । 

‘के कति प्रगति भएका छन् ? कति काम सम्पन्न हुन बाँकी छन्, लिखित रूपमा प्रतिवेदन पेस गर्नुहोला । त्यसैका आधारमा अन्य काम अगाडि बढाउन थप सहज होस्’, उनले भने । 

मन्त्री यादवले मन्त्रालय मातहतका निकायद्वारा सञ्चालित कतिपय आयोजना समयमा सम्पन्न नभएकाले त्यसको कारण पेस गर्न समेत निर्देशन दिए । मातहतका निकायले सञ्चालन गरिरहेका कामबारे नियमित जानकारी लिन प्रत्येक महिना एसएमटीको बैठक राख्नसमेत मन्त्री यादवको निर्देशन छ।

बैठकमा मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्यसहित खानेपानी तथा ढल व्यवस्थापन विभाग, काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी), काठमाडौं खानेपानी उपत्यका लिमिटेड (केयूकेएल), मेलम्ची खानेपानी विकास समिति, खानेपानी संस्थान, सहलगानी बोर्डका प्रमुख एवं पदाधिकारीहरूले आफ्नो कार्यालयका कामबारे जानकारी गराए ।     
 

salt training

कमेन्ट गर्नुहोस्