२९ जेठ २०८३, शुक्रबार
हक्कानीको नयाँ चेतावनी

तालिबानभित्र दरारको संकेत, मतभेदको कारण के हो ?

पुस ९, २०८१
काठमाडौं
तालिबानभित्र दरारको संकेत, मतभेदको कारण के हो ?

यसै महिना अफगानिस्तानको काबुलस्थित एउटा मदरसामा आयोजित कार्यक्रममा तालिबान मन्त्रिपरिषद्का दुई प्रमुख मन्त्रीहरूले एकअर्कालाई अप्रत्यक्ष रूपमा निशाना बनाएका थिए । घटनाले तालिबान सरकार भित्रको गहिरो आन्तरिक विभाजनलाई उजागर गरिदिएको छ । 

कार्यक्रममा हक्कानी समूहका नेता र आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानीले तालिबानका शीर्ष नेता हिबतुल्लाह अखुन्दजादाको निकट मानिने उच्च शिक्षा मन्त्री निदा मोहम्मद नदीमलाई 'संकीर्ण मानसिकता'को आरोप लगाए ।

कान्दाहारमा तालिवान नेतासँगको 'असफल' बैठकपछि हक्कानीले काबुलमा भएको कार्यक्रममा भाग लिएको बीबीसीले जनाएको छ । 

कार्यक्रममा निदा मोहम्मद नदीमले तालिबान विरोधीहरूको निकै कठोर स्वरमा आलोचना गरेका थिए । उनीहरूलाई 'अल्लाह र इस्लामिक व्यवस्थाका शत्रु, काफिर, धर्मत्यागी र काफिरहरूको दास' भनेर वर्णन गरेका थिए । 

सिराजुद्दीन हक्कानी अफगानिस्तानको एक प्रसिद्ध परिवारका हुन् । उनका बुबा जलालुद्दीन हक्कानी तालिबान नेतृत्वमा थिए। डिसेम्बर ११ मा सिराजुद्दीनका काका र तालिबान सरकारमा शरणार्थी मामिला मन्त्री खलिलुर रहमान हक्कानीको काबुलमा आत्मघाती हमलामा मृत्यु भएको थियो।

तर मदरसाको यो कार्यक्रम खलील हक्कानीको मृत्यु हुनुअघि नै भएको थियो । सोही कार्यक्रममा उच्च शिक्षामन्त्री नदीमले पनि मन्तव्य दिएका थिए । 

त्यसपछि सिराजुद्दीन हक्कानीले आफ्नो मन्तव्यमा भनेका थिए, 'हामीले मानिसहरूबारे कठोर बोल्नु हुँदैन वा तिनीहरूलाई भ्रष्ट भनेर खारेज गर्नु हुँदैन । भ्रष्टहरूलाई सुधार्ने जिम्मेवारी हाम्रो हो । मानिसहरू भ्रष्ट र काफिर बन्छन्, यसको कारण हाम्रो संकीर्ण मानसिकता र कमजोरी हो ।'

कान्दाहारमा जन्मेका निदा मोहम्मद नदीमलाई तालिवानको प्रभावशाली व्यक्तित्व मानिन्छ ।

उनलाई हिबतुल्लाह अखुन्दजादाको प्रतिनिधि र तालिबान नेताको महिलालाई शिक्षामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति मानिन्छ।

अर्कोतर्फ सिराजुद्दीन हक्कानी जो मार्च २०२२ मा पहिलो पटक सार्वजनिक रूपमा देखिने थिए । उनी तालिबान ती नेताहरूमध्ये हुन् जसले आफ्नो विचार खुला रूपमा व्यक्त गर्छन् ।

उनले तालिबान सरकारसँग जनताका प्रश्नहरूको जवाफ नभएको बताएका थिए । हक्कानीले आफ्ना सहकर्मीहरूलाई 'इस्लामको एकाधिकार र बदनाम गरेको' आरोप लगाए।

स्वास्थ्य क्षेत्रमा महिलामाथि प्रतिबन्ध लगाएपछि कान्दाहारमा तालिबान सरकारको मन्त्रिपरिषद् बैठक बसेको थियो, जसमा तालिबान नेता हिबतुल्लाह अखुन्दजादा पनि सहभागी थिए । बैठकमा विवादित निर्णयहरूमाथि पनि छलफल भएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सिराजुद्दीन हक्कानी दुई दिन कान्दाहारमा बसेर तालिवान नेतासँग वार्ता गरेका थिए । तर दुई पक्षबीच 'कुनै सहमति' हुन सकेन ।

काबुलमा अखुन्दजादाले नियुक्त गरेका र हक्कानीका नजिकका व्यक्तिहरूबीच ‘अविश्वास’ उत्पन्न भएको केही स्रोतहरूले बताएका छन्।

अफगानिस्तानभर प्रमुख पदमा नियुक्तिको विषय होस् वा सुरक्षा बललाई आफ्नो मातहतमा राख्ने विषय, अखुन्दजादाले धेरै मामिलामा एकतर्फी रूपमा शक्तिको प्रयोग गर्दै आएको स्रोतलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । 

एक महिनाअघि मात्रै उनले गृह मन्त्रालय, रक्षा मन्त्रालय र तालिबान इन्टेलिजेन्स सेन्टरबाट सैन्य उपकरण वितरण र प्रयोगको सम्पूर्ण अधिकार लिएका थिए। काबुल र कान्दाहारका तालिबान नेताहरूबीच महिला शिक्षा र हिबतुल्लाह अखुन्दजादाको सत्तामा एकपक्षीय पकडलाई लिएर 'मतभिन्नता' छ।

तालिबान सरकारमा हक्कानीबाहेक रक्षामन्त्री मोहम्मद याकूब मुजाहिद, विदेशमन्त्री अमिर खान मुत्ताकी, उपप्रधानमन्त्री अब्दुल घानी बरादर र उप विदेशमन्त्री अब्बास स्टानिकजाइ तालिबान नेताको ‘कठोर व्यवहार’को विपक्षमा छन् । 

अन्य असन्तुष्ट तालिबान सदस्यहरूले डरले अखुन्दजादाको प्रत्यक्ष आलोचना गर्दैनन् र आफूलाई 'अमिरको अवज्ञा'को आरोप लाग्न दिन चाहँदैनन् । तर, असन्तुष्टको संख्या ‘कम छैन’।

तालिबान मामिलाका विश्लेषक एन्थोनी जस्टुसी भन्छन् कि सिराजुद्दीन हक्कानीले तालिबान अमिरको आलोचना गर्नु कुनै नौलो कुरा होइन, 'तर अरूले भने अमिरको कडा स्वरमा आलोचना गर्नबाट जोगिन थालेका छन्।'

हक्कानीको वैचारिक पृष्ठभूमि तालिबानभन्दा मुस्लिम ब्रदरहुडको हो र उनले विश्वविद्यालय शिक्षा भएका व्यक्तिहरूलाई मात्र सरकारी पदहरूमा नियुक्त गरिनुपर्छ भनी तर्क गर्छन्।

यसबाहेक सिराजुद्दीन र अमिरबीच अन्य मतभेदहरू छन्, जस्तै कि सिराजुद्दीन आइएसआइएसकेविरुद्ध व्यापक अभियानको विरोध गर्दछन्, उनी पाकिस्तानसँग सम्बन्ध सुधार्न चाहन्छन्।

यद्यपि उनले सार्वजनिक रूपमा पश्चिमी शक्तिहरूसँग घनिष्ठ सम्बन्धको इच्छा व्यक्त गरेका छैनन् । 
उसलाई खाडी देशहरू विशेषगरी संयुक्त अरब इमिरेट्सको समर्थन पनि छ। अमिरका नजिकका मानिसहरू अमेरिकी कूटनीतिज्ञ र गुप्तचर अधिकारीहरूसँग सम्पर्कमा रहेको विश्वास गरिन्छ।

अमेरिकी गुप्तचर एजेन्सीले हक्कानीलाई पक्रन प्रयास गरिरहेको छ र उनीमाथि १० मिलियन डलरको इनाम राखेको छ ।

अर्को महत्त्वपूर्ण कुरा के हो भने हक्कानीलाई धार्मिक वैधता छ, जसको तालिबानभित्र विशेष महत्व छ र तालिबानको धार्मिक महत्वलाई चुनौती दिन उनका लागि सजिलो काम होइन । यद्यपि उनका बुबा जलालुद्दीन हक्कानीको अनुयायीहरूमा धेरै प्रभाव थियो।

दक्षिणी अफगानिस्तानमा हिबतुल्लाह अखुन्दजादाको प्रभाव छ, तर सिराजुद्दीन हक्कानीको समर्थन मूल्याङ्कन गर्न गाह्रो छ। उनको गढ मानिने दक्षिणपूर्वी प्रान्तका धेरै मानिस सामान्य मुद्दामा उनीसँग सहमत छन् तर व्यक्तिगत रूपमा उनलाई विश्वास गर्दैनन् । बीबीसी

salt training

कमेन्ट गर्नुहोस्