
तेलुगु सुपरस्टार अल्लु अर्जुन मंगलबार फेरि प्रहरी चौकी पुगेका छन् ।
सन्ध्या थिएटर घटना सम्बन्धमा हैदराबादको चिक्कडपल्ली प्रहरीले उनलाई फेरि सोधपुछका लागि बोलाएको हो ।
'पुष्पा २: द रुल' को प्रिमियर शोका क्रममा भागदौड हुँदा एक महिलाको मृत्युको थियो ।
घटनाबारे बुझ्न प्रहरीले यसअघि पक्राउ गरेर एक दिन हिरासतमा राखेको थियो । उनी १८ घण्टा हिरासतमा बसेका थिए ।