०६ असार २०८३, शनिबार

ललितपुरमा चक्कु प्रहार गरेर विद्यार्थीको हत्या

पुस ९, २०८१
काठमाडौं
ललितपुरमा चक्कु प्रहार गरेर विद्यार्थीको हत्या

ललितपुरमा एक विद्यार्थीको हत्या भएको छ । च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा भएको विवादका क्रममा चक्कु प्रहारबाट इन्जिनियरिङ अध्ययनरत २३ वर्षीय नयन गुरुङको हत्या भएको प्रहरीले जनाएको छ ।

गएराति रेस्टुरेन्टमा साथीहरूसँगै गएका नयनलाई रेस्टुरेन्टका कर्मचारी डडेलधुरा स्थायी घर भएका हेमराज भट्टले चक्कु प्रहार गरेको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए ।

खनालका अनुसार काउन्टरमा रहेका भट्टले चक्कु प्रहार गर्दा उनको मृत्यु भएको हो । आपसी विवादका क्रममा एकाएक भट्टले चक्कु प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

प्रहरीले चक्कु प्रहार गर्ने भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको जानकारी खनालले दिए । ​

मृतक गुरुङ ललितपुरकै हिमालय कलेजको बीई चौथो सेमेस्टरमा अध्ययनरत थिए ।

salt training

कमेन्ट गर्नुहोस्