१० असार २०८३, बुधबार

चाइनिज पेस्तोलसहित १ जना पक्राउ

पुस ९, २०८१
सुनसरी
चाइनिज पेस्तोलसहित १ जना पक्राउ

सुनसरीमा चाइनिज पेस्तोलसहित १ जना पक्राउ परेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिका-२ अकाहा बजारस्थितबाट चाइनिज पेस्तोलसहित ३८ वर्षीय शमसेर आलमलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।​​

गएराति विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनासहित खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।​

आलमले घरमा लुकाएर राखेको पेस्तोलका साथै म्यागजिन १ थान र गोली २ राउण्डसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्