२४ जेठ २०८३, आइतबार
भीषण आगलागी

राती अबेरसम्म पनि  पाटन औद्योगिक क्षेत्रको  आगलागी नियन्त्रणमा आउन सकेन

कात्तिक २८, २०७४
राती अबेरसम्म पनि  पाटन औद्योगिक क्षेत्रको  आगलागी नियन्त्रणमा आउन सकेन

ललितपुर, २८ कातिक - पाटन औद्योगिक क्षेत्रमा रहेको प्लाष्टिक कारखानामा आज साँझ ६ बजेदेखि सुरु भएको  आगलागी  राती अबेरसम्म पनि नियन्त्रणमा आउन सकेको छैन  ।  जुद्ध बारुण यन्त्रका  प्रमख बुद्धिमान नगरकोटीले राती १० बजेसम्म ७५ प्रतिशत आगो नियन्त्रणमा लिइएको बताए । उनका अनुसार  आगलागी नियन्त्रणको लागि  प्रयास जारी  छ । 

काठमाडौँ, ललितपुर महानगरपालिकाका दमकल, त्रिभुवन विमानस्थल, निजी पानी ट्यांकरको पानी प्रयोग गरी आगो नियन्त्रणको प्रयास भइरहेको हो । 
 

आगलागीको कारण हालसम्म पत्ता लाग्न नसकेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए  ।

आगलागीका कारण उद्योगमा रहेका तयारी सामग्री, कच्चा पदार्थ जलेर नष्ट भएका छन् । 

आगलागीका कारण आनन्द प्लाष्टिक उद्योग र पञ्चकन्याको युपिभिसी उद्योगमा क्षति पुगेको छ । क्षतिको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

केहि दिनअघिमात्रै पनि त्रिपुरेश्वरस्थित एक मोटरसाइकल वर्कशपमा आगलागी  हुँदा एक जनाको मृत्यु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्