१७ असार २०८३, बुधबार

रामपुरलाई नमूना शहर बनाउने लक्ष्य, धमाधम सडक स्तरोन्नति गरिँदै

पुस १०, २०८१
पाल्पा
रामपुरलाई नमूना शहर बनाउने लक्ष्य, धमाधम सडक स्तरोन्नति गरिँदै

रामपुरलाई नमूना शहरका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिका क्षेत्रमा सडक स्तरोन्नतिको काम भइरहेको छ । 

ग्रामीण विकास तथा साना सहरी पूर्वाधार आयोजनाअन्तर्गतको रामपुर नगरपालिका वडा नं ५ र ६ मा पर्ने सहायक सडकको स्तरोन्नति थालिएको हो । लुम्बिनी प्रदेश सरकार, सहरी विकास मन्त्रालयमार्फत् नौ किलोमिटर सडक स्तरोन्नति हुनेछ । 

२६ करोड ७१ लाख लागतमा थालिएको सडक स्तरोन्नतिको काम रामपुर नगरपालिकामा अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना हो । रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलका अनुसार  दैनिक एक सय कामदार परिचालन भएका छन् ।

आयोजनाबाट रामपुरको पर्यटन, कृषि, उद्योग, व्यापार, व्यवसाय विस्तारमा योगदान पुग्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्