०९ साउन २०८३, शनिबार

कजाकस्तान जहाज दुर्घटनामा २५ जनाको जीवितै उद्धार

पुस १०, २०८१
काठमाडौं
कजाकस्तान जहाज दुर्घटनामा २५ जनाको जीवितै उद्धार
तस्वीर : रोयटर्स

कजाकस्तानको आक्टाउ शहरमा बुधबार भएको विमान दुर्घटनामा परेकामध्ये २५ जनाको जीवितै उद्धार गरिएको छ ।

चालक दलसहित ६७ जना सवार अजरबैजान एयरलाइन्सको जहाज अजरबैजानको बाकुबाट रुसको चेचन्याको ग्रोज्नीका लागि उडेको थियो । तर, अधिक कुहिरोका कारण बाटो बदलेको जहाज कजाकस्तानको आक्टाउ शहरमा दुर्घटनामा पर्‍यो ।

कजाकस्तानको आपतकालीन मन्त्रालयका अनुसार उद्धार गरिएका २५ जनामध्ये २२ जनालाई अस्पताल लगिएको छ।

दुर्घटनामा परेको एम्बरार १९० जहाजमा ६२ जना यात्रु र ५ जना चालक दलका सदस्य सवार रहेका समाचार संस्था रोयटर्सले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्