०३ साउन २०८३, आइतबार

स्रोत नखुलेको ९२ लाखसहित काठमाडौंबाट तीन जना पक्राउ

पुस १०, २०८१
काठमाडौं
स्रोत नखुलेको ९२ लाखसहित काठमाडौंबाट तीन जना पक्राउ
फाइल तस्वीर ।

स्रोत नखुलेको ९२ लाख रूपैयाँसहित काठमाडौंबाट तीन जना पक्राउ परेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई गएराति जोरपाटीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रसुवा घर भएका जीतबहादुर तामाङ, संखुवासभा घर भएका सन्तोष खाती र रवि धमला छन् । 

यो रकम कहाँबाट आयो र कहाँ लगिँदै थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, एसपी काजी कुमार आचार्यले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्