३१ जेठ २०८३, आइतबार

फिरौतीकै कारण गौचनको हत्या भएको खुलासा

कात्तिक २९, २०७४
फिरौतीकै कारण गौचनको हत्या भएको खुलासा

काठमाडौं, २९ कात्तिक-  निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या पैसा (फिरौती) नदिएकै कारण भएको रहस्य खुलेको छ। हत्या अनुसन्धानका लागि बनेको प्रहरी कार्यदलले एक महिना पछि मंगलबार पत्रकार सम्मेलन मार्फत् गौचन हत्या फिरौतीकै लागि भएको जानकारी दिएको छ।
शान्तिनगरस्थित ओमशान्ति चोकबाट नयाँ बानेश्वर जानेक्रममा गत असोज २३ गते अज्ञात समूहबाट गोली हानी गौचनको हत्या गरिएको थियो। प्रहरीले हत्याको मुख्य योजनाकार बाफलका समिरमान सिंह बस्नेत रहेको जनाएको छ। सिंहलाई रुपन्देहीका मनोज पुनले सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीले हत्यामा संलग्न सुटरसहित पाँच जना अभियुक्तलाई पक्राउ गरेको छ भने मुख्य योजनाकार सहित आठ जना फरार छन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी जयबहादुर चन्दका अनुसार पक्राउ पर्नेमा नुवाकोटका राजीव स्याङ्तान, पर्सा कालिकामाइका शिवजी महतो, भारत विहारका मुकेश कुमार पाण्डे, पर्सा ठोरीका सन्तोष गुरुङ, सीतापाईलाका प्रकाश बुढाथोकी छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्