३२ असार २०८३, बिहीबार

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषित, उपनिर्देशकको संयोजकत्वमा व्यवस्थापन समूह गठन

पुस १०, २०८१
काठमाडौं
कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषित, उपनिर्देशकको संयोजकत्वमा व्यवस्थापन समूह गठन

नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड- नेपालगञ्ज, बाँकेलाई 'समस्याग्रस्त संस्था' घोषणा गरेको छ ।

राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम कर्णालीलाई 'समस्याग्रस्त संस्था' घोषणा गरेको हो ।

साथै, अर्को व्यवस्था नभएसम्म कर्णाली विकास बैंकको व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा लिइएको छ ।

यस्तै, उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ ।

समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप-निर्देशक विष्णुकुमार विश्वकर्मा र कानून महाशाखाका उप-निर्देशक जुगलकिशोर कुशवाहालाई सदस्य तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार गठन भएको समूहले यही पुस ११ गतेदेखि नै उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हाल्नेछ ।

राष्ट्र बैंकको उक्त व्यवस्थापन व्यवस्थापन समूहलाई समूह तोकिएको कार्यदिशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानूनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्