३१ जेठ २०८३, आइतबार

जिल्ला न्यायाधीशको पदपूर्ति अब खुला प्रतिस्पर्धाबाट

कात्तिक २९, २०७४
जिल्ला न्यायाधीशको पदपूर्ति अब खुला प्रतिस्पर्धाबाट

काठमाडौँ, २९ कात्तिक  -  जिल्ला न्यायाधीशको रिक्त दरबन्दीमध्ये अब ८० प्रतिशत पदपूर्ति खुला लिखित प्रतिस्पर्धाबाट हुने भएको छ ।  
न्याय परिषद्ले मङ्गलबार जिल्ला न्यायाधीशको परीक्षासम्बन्धी पाठ्यक्रम पारित गरेको छ ।  न्यायाधीश नियुक्तिको इतिहासमा पहिलो पटक जिल्ला न्यायाधीशको पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने निश्चित भएको हो । 
 
न्याय परिषद् सचिव राजन भट्टराईले लिखित परीक्षाको पाठ्यक्रम परिषद्ले पारित गरेको जानकारी दिए ।  परिषद् सचिव भट्टराईको नेतृत्वमा गठित पाठ्यक्रम समितिले तयार पारेको पाठ्यक्रम परिषद्ले पारित गरेको हो ।  पाठ्यक्रम कार्यान्वयनमा आएपछि जिल्ला न्यायाधीशमा कानुन व्यवसायीले समेत प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।  परिषद्ले जिल्ला न्यायाधीशको परीक्षाको पाठ्यक्रम तयार पारे पनि अन्य विधि तय गर्न भने बाँकी रहेको खबर गोरखापत्रमा छ ।

salt training

कमेन्ट गर्नुहोस्