१२ असार २०८३, शुक्रबार

तनहुँका मंकिपक्स सङ्क्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

पुस ११, २०८१
काठमाडौं
तनहुँका मंकिपक्स सङ्क्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

मंकिपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए ।

उनले निजको अवस्था सामान्य रहेको बताए ।  मंकिपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरूप गरिएको जानकारी निर्देशक बसौलाले दिए । 

साउदी अरबबाट आएका ती युवकमा यही पुस ५ गते मंकिपक्स सङ्क्रमण भएको पुष्टि भएको हो । सोही दिनदेखि निजको उक्त अस्पतालमा उपचार जारी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्