१२ असार २०८३, शुक्रबार

बालिका बलात्कार गरेको आरोपमा रूपन्देहीमा एक जना पक्राउ

पुस ११, २०८१
बुटवल
बालिका बलात्कार गरेको आरोपमा रूपन्देहीमा एक जना पक्राउ

१४ वर्षिया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा रूपन्देहीमा एक जना पक्राउ परेका छन् । 

सैनामैना नगरपालिका-३ सरौली बस्ने २५ वर्षीय सागर थापालाई बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सागरले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्