१० साउन २०८३, आइतबार

संसदीय मैत्री समूह गठन : महत अमेरिका, महासेठ भारत र नारायणकाजी चीन संयोजक [सूचीसहित]

पुस ११, २०८१
काठमाडौं
संसदीय मैत्री समूह गठन : महत अमेरिका, महासेठ भारत र नारायणकाजी चीन संयोजक [सूचीसहित]
संसदीय मैत्री समूहका संयोजकसँग छलफल गर्दै सभामुख देवराज घिमिरे । तस्वीर : सभामुखको सचिवालय ।

संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)ले विभिन्न ४० मुलुकका लागि संसदीय मैत्री समूह गठन गरेको छ । 

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बिहीबार संसद् मैत्री समूहका संयोजकहरूसँग छलफल गरेका छन् । 

यसरी गठन गरिएको संसदीय मैत्री समूहको संयोजक भागवण्डा गरिएको छ । जसअनुसार नेपाल–अमेरिका मैत्री संघको संयोजक डा. प्रकाशशरण महत तोकिएका छन् । 

कांग्रेस महामन्त्री गगन थापा नेपाल-अष्ट्रेलिया मैत्री संघको संयोजक तोकिएका छन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्मा नेपाल-फ्रान्स मैत्री समूहको संयोजक तोकिएका छन् । 

नेपाल-भारत संसदीय मैत्री समूहको संयोजकमा नेकपा एमालेका रघुवीर महासेठ चयन भएका छन् । उनी पूर्व परराष्ट्र मन्त्री हुन् । नेपाल–चीन संसद् मैत्री समूहको संयोजक नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ चयन भएका छन् । 

यी संसद् मैत्री समूहले सम्बन्धित देशका संसद् समूहसँग सम्पर्कमा रहेर छलफल गर्नेछन् । 

हेर्नुहोस् संसद् मैत्री समूहको पूरै सूची 

salt training

कमेन्ट गर्नुहोस्