
अस्पतालको ओपीडीमा डाक्टरले सेतो कोट लगाएको तपाईंले देख्नुभएकै छ । तर, शल्यक्रिया गर्दा डाक्टरहरूले हरियो रंगको लुगा लगाउँछन्, के यसको पछाडिको कुनै कारण छ? आउनुहोस्, यसबारे जानकारी लिऔं ।
विश्वभर विभिन्न पेशाहरूका लागि निश्चित ड्रेस कोड तय गरिएका छन् । उदाहरणका लागि वकिलहरूको लागि कालो कोट, डाक्टरहरूको लागि सेतो कोट र पुलिसका लागि पनि छुट्टै रंगको पोशाक छ ।
डाक्टरहरू सेतो कोट लगाएर ओपीडीमा बिरामी हेर्छन् तर, शल्यक्रिया गर्न जाँदा हरियो लुगा लगाउँछन् ।
हरियो लुगा लगाउने काम सन् १९१४ मा एक प्रभावशाली डाक्टरले शुरू गरेका थिए । उनले त्यसबेला अस्पतालमा लगाइने परम्परागत रंगलाई सेतोबाट हरियो बनाएका थिए । हरियो एप्रोन त्यसयता प्रचलनमा आएको हो ।
अहिले धेरैजसो डाक्टरहरूले हरियो कपडामा मात्रै शल्यक्रिया गर्ने गरेका छन् । तर, केही डाक्टरहरूले अझै पनि सेतो र नीलो कपडामा शल्यक्रिया गर्छन् ।
उज्यालो भएको ठाउँबाट घरभित्र पस्दा भने आँखा अगाडि क्षणभरको लागि अँध्यारो हुन्छ । यस्तो अवस्थामा घर भित्र हरियो वा नीलो रंगको कपडा भयो भने यस्तो हुँदैन ।
अपरेसन थिएटरमा डाक्टरको अवस्था पनि उस्तै हुन्छ । त्यसकारण अपरेसन गर्न हरियो कपडा लगाउनु परेको बताउने गरिन्छ ।
त्यस्तै, हरियो र नीलो रंगले आँखालाई राहत दिने मानिन्छ । यसबाहेक यसले तनाव कम गर्छ । किनभने डाक्टरले बिरामीको शल्यक्रिया गर्दा उनी र उनका सहकर्मीहरू चरम तनावमा रहन्छन् ।
यस्तो अवस्थामा नीलो र हरियो कपडा लगाएका मानिसहरू वरपर उपस्थित हुँदा उनीहरूको मुड स्थिर रहन्छ ।