१२ असार २०८३, शुक्रबार

जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'

पुस १२, २०८१
धनुषा
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'

नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरू आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन् । 

बिहीबार राति जनकपुर आइपुगेका खेलाडीहरूले आजदेखि मधेश प्रदेशमा ट्रफी परेड शुरू गरेका हुन् । जसअन्तर्गत पहिलो दिन जनकपुरधाममा भव्य नगर परिक्रमा गरिएको हो । 

रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाबाट बिहान शुरू भएको ट्रफी परेड थापा चोक हुँदै पिडारी चोक, रामानन्द चोक, बजरङ्ग चोक, भ्रमरपूरा चोक, जिरो माइल, विश्वकर्मा चोक, मुरली चोक, रामचोक हुँदै जानकी मन्दिरमा समापन भएका थियो ।​

नगर परिक्रमाका अवसरमा जनकपुरधामका नागरिक समाज, खेलप्रेमीलगायतको सहभागिता थियो ।

यही पुस ६ गतेसम्पन्न एनपिएलको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स विजेता बनेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्