१० असार २०८३, बुधबार

१३ सय फरार प्रतिवादी पक्राउ, भदौमा सबैभन्दा बढी

पुस १२, २०८१
काठमाडौं
१३ सय फरार प्रतिवादी पक्राउ, भदौमा सबैभन्दा बढी

चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा फैसला कार्यान्वयनअन्तर्गत एक हजार दुई सय ९८ फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ८४, कात्तिकमा एक सय तीन, मङ्सिरमा दुई सय आठ र यही पुसको ११ गतेसम्म दुई सय ७५ फरार प्रतिवादी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार मात्रै ७१ फरार प्रतिवादी पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेकालाई अदालतसमक्ष पेश गरिएको उनले बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौंले फैसला कार्यान्वयनअन्तर्गत फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान नै सञ्चालन गरेको थियो ।

चालू आवको हालसम्म पक्राउ परेका प्रतिवादीविरुद्ध रु चार करोड ४९ लाख ५३ हजार आठ सय ५९ जरिवाना र एक सय २० वर्ष १० दिन कैद फैसला भएको छ ।

प्रहरीले विभिन्न कसुरमा जरिवाना तथा कैद सजाय भई फरार रहेका प्रतिवादी लुकीछिपी बसिरहेको जानकारी भए सूचना दिन सर्वसाधारणमा आग्रह गरेको छ ।​​

यसैबीच, जिल्ला प्रहरी परिसर काठमाडौंले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी वृत्त बौद्ध, प्रहरी प्रभाग साँखु र बूढानीलकण्ठलाई पुरस्कृत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्