
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय अनुशासन आयोगमा २ जनालाई मनोनीत गरेको छ ।
शुक्रबार साँझ बसेको सचिवालय बैठकले अधिवक्ताद्वय कमलप्रसाद पोखरेल- नवलपरासी र हरिचन्द्र भट्टराई- ताप्लेजुङलाई मनोनीत गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
उनका अनुसार केन्द्रीय संगठन विभागमा धर्म केसी- लम्जुङ, गोपाल घिमिरे- रुपन्देही र डा. विमल तिवारी- सिरहालाई मनोनीत गरिएको छ ।
आजको बैठकमा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी) र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गरेका थिए ।
पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक यही पुस १९, २० र २१ गते बस्ने उनले जानकारी दिए ।
