१२ असार २०८३, शुक्रबार

सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छः मन्त्री यादव​​

पुस १२, २०८१
काठमाडौं
सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छः मन्त्री यादव​​

खानेपानीमन्त्री प्रदीप यादवले मुलुकका सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा मन्त्री यादवले नेपालका दुर्गम तथा ग्रामीण क्षेत्रहरूमा अहिले पनि नागरिकले पिठ्युँमा खानेपानी बोक्नुपर्ने बाध्यता रहेकाले त्यसको अन्त्य गर्न सरकारले योजना बनाएर कार्यान्वयन गर्ने बताए ।

उनले खानेपानीको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गरे ।

मन्त्री यादवले भने, 'मुलुकको ग्रामीण बस्तीमा अहिले पनि स्वच्छ खानेपानीको समस्या छ, नागरिकले पिठ्युँमा खानेपानी बोकेर प्रयोग गरिरहनुभएको छ । सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन मन्त्रालयले योजनाबद्ध रूपमा ठोस कदम चाल्नेछ । पिठ्युँमा खानेपानी बोक्नुपर्ने बाध्यता अन्त्य गरेरै छाड्छु ।'

मन्त्री यादवले देशका अधिकांश ठाउँमा अहिले पनि खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घर-घरमा धारा र सबै नागरिकमाझ स्वच्छ, सफा खानेपानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

'जलस्रोतको क्षेत्रमा धनी मुलुक हुँदाहुँदै पनि यहाँका नागरिकले पानीका लागि आन्दोलन गर्नुपर्ने आफैंमा दुःख कुरा हो । वर्तमान सरकारले यो समस्या समाधान गर्नेछ,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्