१७ असार २०८३, बुधबार

कार्यकक्षमा प्रहरी जवानले आफ्नै टाउकोमा गोली चलाए

पुस १३, २०८१
काठमाडौं
कार्यकक्षमा प्रहरी जवानले आफ्नै टाउकोमा गोली चलाए

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवानले कार्यकक्षभित्रै आफैंमाथि गोली प्रहार गरेका छन् । २१ वर्षीय प्रहरी जवानले चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ पेस्तोलले आफ्नै टाउकोमा गोली प्रहार गरेका हुन् । 

टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको बताए । 'प्रबन्ध शाखामा गोली चलेको आवाज आयो, उनी एक्लै त्यहाँ थिए,' जोशीले भने, 'न्यौपानेको टाउकोबाट रगत बगिरहेको थियो, घाइते अवस्थामा थिए ।' 

उनका अनुसार घाइते भएको जानकारी पाइएपछि उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्‍याइएको थियो । 

त्यहाँ उपचार सम्भव नभएपछि कैलालीको धनगढी हुँदै बाँकेको कोहलपुर पुर्‍याइएको हो । न्यौपानेले के कति कारणले गोली चलाएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्