१२ असार २०८३, शुक्रबार

सुर्खेत इतिवृत्त- २ मुख्यमन्त्री कँडेलद्वारा विमोचित​

पुस १३, २०८१
सुर्खेत
सुर्खेत इतिवृत्त- २ मुख्यमन्त्री कँडेलद्वारा विमोचित​

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पर्यटन क्षेत्रको विकास र समृद्धिमा 'सुर्खेत इतिवृत्त- २'ले प्रोत्साहन प्रदान गर्ने बताएका छन् ।​

सुशीलराज शर्माद्वारा लिखित 'सुर्खेतको इतिवृत्त- २' पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जिल्लाको पहिचान दिलाउन सबैको भूमिका उत्तिकै हुनुपर्ने बताउँदै उनले सबैले हातेमालो गरेर विकास निर्माणमा जुट्नुपर्ने बताए ।

पदका हिसाबले जिम्मेवारी फरक-फरक भए पनि सबैको गन्तव्य एउटै भएको बताउँदै उनले प्रदेश निर्माणमा तदारुकताका साथ लाग्नुपर्ने बताए । 

सुर्खेतको इतिहास खोज्नुपर्ने अवस्था आउन सक्नेतर्फ उनले सबैलाई सचेत गराए ।

सुर्खेतको पर्यटनसम्बन्धी नीति बनाउन यसले सहयोग गर्ने बताउँदै उनले त्यतातर्फ सबैको ध्यान दिन जरुरी भएको बताए ।

कर्णालीमा धेरै धार्मिक पर्यटकीय गन्तव्य रहेको र ती क्षेत्रको विकास गर्न बढीभन्दा बढी जनमत निर्माण गरेर अघि बढेमा प्रदेशको विकास गर्न धार्मिक पर्यटनले सहयोग पुग्ने उनको भनाइ छ।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले पुस्तकले सुर्खेतका पर्यटन क्षेत्रको चिनारी दिलाउन सहयोग पुग्ने बताए ।​

salt training

कमेन्ट गर्नुहोस्